प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ११ लाख रुपैयाँ सहयोग रकम जम्मा गरेको छ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको र नागरिकको दैनिक जीवन प्रभावित भएको छ। यस्तै प्रभावित क्षेत्र र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त रकम कोषमा जम्मा गरेको हो।

कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।

यसअघि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सोही कोषमा एक करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो। भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गेग्रान (हिमचट्टान/पहिरोको मलबा) सहितको भीषण बाढी आई ठूलो धनजनको क्षति भएपछि विभिन्न संघसंस्था र निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटाउने क्रम जारी रहेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted