स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा

वालिङ । स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा ती स्थानीय तहले यो बिदा दिएका हुन्।

एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ, पुतलीबजार, गल्याङ र भीरकोट गरी चार नगरपालिकाले आज सार्वजनिक बिदा दिएका छन्। “मोहम्मद डे” भनेर पनि चिनिने यस दिनमा विशेषगरी मुस्लिम समुदायका मानिसले र्‍याली निकाल्ने, मस्जिदमा कुरान पाठ गर्ने र हजरत मोहम्मदका उपदेश स्मरण गर्ने गर्छन्।

यस्तै, सामूहिक रूपमा भेला भई भोज खाने र एकआपसमा शुभकामना साटासाट गर्ने परम्परा रहेको यो दिनको महत्त्वलाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले बताए।

स्थानीय तहहरूले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा विभिन्न सङ्घसंस्थाले खुसी व्यक्त गर्दै सम्बन्धित स्थानीय तहहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार