नेपालगन्जको भेरी अस्पतालमा गत आवमा ८३ जनामा एचआइभी संक्रमण पुष्टि

नेपालगन्ज। भेरी अस्पताल, नेपालगन्जमा गत आर्थिक वर्ष २०८२/८३ मा गरिएको एचआइभी परीक्षणका क्रममा ८३ जना नयाँ संक्रमित फेला परेका छन्। उक्त आवमा अस्पतालले जम्मा सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरेको थियो।
अस्पतालका एचआइभी फोकलपर्सन डा. संकेतकुमार रिसालका अनुसार संक्रमित पुष्टि भएका सबैलाई तत्काल एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेवा उपलब्ध गराइएको छ। अस्पतालले संक्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, थप संक्रमण रोकथाम, र आमाबाट शिशुमा सर्ने सम्भावना घटाउने कार्यलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x