देव खनालको शतकीय पारी, नेपालको लगातार दोस्रो जित

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा (एसिसी प्रिमियर कपको तयारीस्वरूप) लगातार दोस्रो जित दर्ता गरेको छ। आज कर्नाटक राज्यस्तरीय टोलीविरुद्धको खेलमा नेपालले पाँच विकेटले जित हासिल गर्यो।

कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। मध्यक्रमका ब्याटर देव खनालको अविजित शतकीय पारीले नेपालको जितमा प्रमुख भूमिका खेल्यो। उनले ११३ बलमा चार चौका र दुई छक्कासहित अविजित १०० रन बनाए। उनीसँगै आसिफ शेखले ३८, सन्दीप जोराले ३०, अर्जुन कुमालले २६ र रोहितकुमार पौडेलले १२ रनको योगदान दिए भने बसिर अहमद अविजित २२ रनमा रहे।

कर्नाटकतर्फबाट एल बन्नुर, आदित्य गोयल, अरविन्दकुमार राई, रितेश भटकल र चीरन्थ शिवरुद्रले एक–एक विकेट लिए।

यसअघि पहिला ब्याटिङ गर्दै कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाई २४२ रन बनाएको थियो। उनीहरूका लागि शरथ श्रीनिवासले ४८, सहर्ष रेड्डीले ४३, रितेश भट्कलले ३७, समर्थ श्रीनिवासले ३२ र फैजान खानले २० रन बनाएका थिए। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले तीन–तीन तथा हेमन्त धामीले दुई विकेट हात पारे।

कर्नाटकविरुद्धकै पहिलो अभ्यास खेलमा नेपालले ११६ रनको जित निकालेको थियो। नेपाली टोली भारतमै केही दिन थप अभ्यास गरेर त्यहीँबाट प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्ने तालिका छ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेल भदौ १५ गते बहराइनविरुद्ध खेल्नेछ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x