पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह परिवारका सदस्यसहित पारिवारिक भ्रमणका क्रममा शुक्रबार पोखरा पुगेका छन्। काठमाडौं–पोखरा सडकमार्ग हुँदै आएका शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बस्नेछन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्रीको भ्रमणमा कुनै औपचारिक कार्यक्रम छैन। भ्रमणलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको छ।
प्रधानमन्त्रीको आगमनले स्थानीय पर्यटनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले भने अस्तामका सडक र खानेपानीलगायत समस्यातर्फ सरकारको ध्यान जाने आशा व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको जनाइएको छ।








