चामे–बेँसीसहर सडक अवरुद्ध, मनाङको एकमात्र लाइफलाइनमा असर

मनाङ। हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) मानिने चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ। नासोँ गाउँपालिका–३ खोत्रो पाखामा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए।

“वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिराले अवरुद्ध हुने गरेको छ,” खनालले भने, “भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन्।”

मनाङको एकमात्र लाइफलाइन रहेको यो सडकमा यात्रा गर्नेहरूले कहिले लमजुङतर्फको पहिरो त कहिले मनाङतर्फकै पहिराका कारण सास्ती भोग्नुपरेको स्थानीय देवेन्द्र गुरुङले बताए। “मनाङी त सधैँ सास्तीमा रहनुपर्ने बाध्यता छ,” उनले भने।

क्षमताभन्दा बढी भार बोकेका गाडीका कारण पनि यो सडक भासिएको हुनसक्ने अर्का स्थानीय पासाङ लामाले बताएका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x