लालीबजार’ आजदेखि प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो ।

षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रमा आमा र छोरीको कथा देखाइएको निर्देशक तथा लेखक यम थापाले बताए । उनले भने, “हामीले एउटा समयको आमा र छोरीको कथालाई लिएर चलचित्र तयार गरेका छौँ । आफ्ना सन्तानका लागि आमाले गर्ने सङ्घर्षमै चलचित्र केन्द्रित छ । एउटा परिवारले एकसाथ हेर्न मिल्ने चलचित्र तयार भएको छ ।”

चलचित्रमा कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, वीरबल चौधरीलगायतले अभिनय गरेका छन् ।

अभिनेत्री खड्काले आफूलाई वर्षौंसम्म अभिनेत्रीका रुपमा चिनाउने चलचित्र ‘लालीबजार’ बन्ने बताए ।

“यो चलचित्रको भएको विशेष प्रदर्शनीमा हेर्ने सबैले दिनुभएको प्रतिक्रियाले उत्साहित छु । हामीले यसलाई बनाउँदा सबैलाई महसुस हुने आमा र छोरीको भावनामा आधारित रहेर तयार गरेका छौँ”, उनले भने । उक्त चलचित्रको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x