सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन प्रतितोला रु ८०० र चाँदी रु ३० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख पाँच हजार कायम भएको छ। त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १३० रहेको छ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ३०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यति नै परिमाणको चाँदी ७७ डलरमा खरिदबिक्री भइरहेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x