अफगानिस्तानमा भारी वर्षा र बाढीबाट करिब २०० जनाको मृत्यु

अफगानिस्तानमा विगत १८ दिनदेखि जारी मुसलधारे वर्षा र त्यसपछिको बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादका अनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म झण्डै २०० जनाले ज्यान गुमाएका छन्।

प्राधिकरणका प्रवक्ता हम्मादलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाए अनुसार बाढी र आँधीबेहरीका कारण १८९ जनाको मृत्यु भएको छ भने नौ जना अझै बेपत्ता छन्। यसैगरी, विपत्तिमा परी २५३ जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ।

प्राकृतिक प्रकोपले भौतिक संरचनामा पनि गम्भीर क्षति पुर्‍याएको छ। अधिकारीहरूका अनुसार देशभर १ हजार ३०३ घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने ५ हजार ८०० भन्दा बढी घरहरूमा आंशिक क्षति पुगेको छ।

गत मार्च २५ देखि अफगानिस्तानका विभिन्न क्षेत्रमा शक्तिशाली हावाहुरीसहित भारी वर्षा र आकस्मिक बाढी आउने क्रम सुरु भएको हो। मौसम विभागले मङ्गलबार पनि देशका १४ वटा प्रान्तमा थप वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्क रहन पूर्वानुमान गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x