काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई कानुन कार्यान्वयनमा दह्रोसँग उभिन निर्देशन दिएका छन्। उनले जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण गर्दै पारदर्शी ढंगले काम गर्नसमेत भनेका हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार गुरुङले सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेका छन्।
आजै गृहमन्त्रीले रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गरेको मिश्रले जानकारी दिए।
गुरुङले निरीक्षणका क्रममा सुरक्षा निकायहरूले जनताप्रति उत्तरदायी ढंगले काम गर्नुपर्नेमा जोड दिएको बताइन्छ।








