Edit Content

तपाइको सुझाब, गुनासो लेख भएमा info@r2inepal.com  इमेल गर्नुहोला 

Edit Content

तपाइको सुझाब, गुनासो लेख भएमा info@r2inepal.com  इमेल गर्नुहोला 

वाम एकताको आवश्यकता अपरिहार्य: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिमा वामपन्थी शक्तिहरूको ध्रुवीकरण अनिवार्य रहेको बताउनुभएको छ। वामपन्थी पृष्ठभूमिका नेताहरूलाई पार्टीमा प्रवेश गराउँदै उहाँले देशभक्त वाम शक्तिहरू एकजुट भएको भए मुलुकले हालको संकटपूर्ण अवस्थाको सामना गर्नुपर्ने नहुने तर्क गर्नुभयो।

संयोजक दाहालले जेनजी आन्दोलन र भदौ २४ गतेको परिघटनापछि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता झन् प्रबल भएको उल्लेख गर्दै त्यसैको परिणामस्वरुप नेकपाको जन्म भएको स्पष्ट पार्नुभयो।

उहाँले जनआक्रोशलाई भड्काएर अराजकता फैलाउने र दलाल–विचौलियाको स्वार्थ पूर्ति गर्ने यथास्थितिवादी प्रवृत्तिविरुद्ध लड्ने क्षमता नेकपामा मात्र रहेको दाबी गर्नुभयो। वाम आन्दोलनलाई ध्वस्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यसको प्रतिकारका लागि क्रान्तिकारी कम्युनिस्ट र देशभक्त शक्तिहरूको पुनर्गठन जरुरी रहेको औंल्याउनुभयो।

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक दाहालले आफ्नो कार्यकालमा भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको र संविधानको रक्षा तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

उहाँले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिम लगायत उत्पीडित समुदायको हकअधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि आफ्नो पार्टी सदैव प्रतिबद्ध रहेको जनाउँदै यसका लागि जनसमर्थनको अपिल समेत गर्नुभयो।

नेकपा संयोजक दाहालले भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको अन्त्य गर्ने तथा कानुनको शासन स्थापित गर्ने आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताउनुभयो। सन्तुलित र स्वाभिमानी विदेश नीति अख्तियार गर्दै रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने, कृषि र उद्योगबीच सामञ्जस्यता कायम गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य नेकपाले लिएको उहाँले स्पष्ट पार्नुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x